घट्यो सुनको मुल्य

न्युजलय १४ फाल्गुण २०८०, सोमबार ११:४३ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको भाउ तोलाको २ सय रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ लाख १८ हजार ३ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १४ सय रुपैयाँ रहेको चाँदी आज १३९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।