नेप्से ३३.२८ अंकले घट्यो

न्युजलय ११ साउन २०८३, सोमबार ०५:१६ मा प्रकाशित

काठमाडौं । आज नेप्से परिसूचकमा ३३.२८ अंकको गिरावट आएको छ। नेप्से ३३.२८ अंकले घटेर २७०१.३२ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.९८ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि गत शुक्रबारको तुलनामा १८ करोड रुपैयाँले कमी आएको छ। सोमबार ३६० स्टकको ६९ हजार ८०३ पटकको कारोबारमा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ३९ लाख २५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। 

गत शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो।