धरान । मेघा हिमालयन स्कुल र कलेजले प्रत्येक महिनाको अन्तिम शुक्रबार साँस्कृतिक कार्यक्रमको आयोजना गर्न थालेको छ । साथै विद्यार्थीहरुलाई जातीय पोशाकमा विद्यालय आउन अनिवार्यसमेत गरेको छ ।
सोहीअनुसार कलेजका विद्यार्थीहरुले शुक्रबार प्रकृती पुजक किराँतीहरुको संस्कृती अनुसार साकेला सिलि नाच प्रदर्शन गरेका छन् । विद्यार्थीहरुलाई औपाचारिक शिक्षा सङ्गै व्यवहारिक ज्ञान दिनका लागि साँस्कृतिक कार्यक्रमको चलन सुरु गरेको कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।
यस्तो कार्यक्रमले बालबालिकाहरुलाई एक अर्काको संस्कार संस्कृतिप्रति सम्मान, माया र समाजिक सद्भाव बढ्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई साँस्कृतिक प्रस्तुतीका लागि किराँत राई यायोख्खा जिल्ला सदस्य तथा किराया खेलकुद संघका संयोजक विकास चाम्लिङ राईले समन्वय गरेका थिए ।