बढ्यो सुनको भाउ

न्युजलय ३१ बैशाख २०८२, बुधबार ११:३७ मा प्रकाशित

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ  घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ मूल्य घटेको चाँदी आज १९६० मा कारोबार भएको छ ।