सुनको मूल्य घट्यो

न्युजलय २३ भदौ २०८१, आइतबार १२:३७ मा प्रकाशित

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा १२ सय रुपैयाँले घटेर एक लाख ५२  हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।