अनिल र माधुरीको हिट फिल्म ‘जमाइ राजा’को रिमेक बन्ने

न्युजलय ३ कार्तिक २०७९, बिहिबार १२:३६ मा प्रकाशित

काठमाण्डौ । अनिल कपूर र माधुरी दीक्षित अभिनित हिट फिल्म ‘जमाइ राजा’ को रिमेक निर्माण हुने भएको छ । 

फिल्म निर्माण संस्था इन्डियन प्रोडक्सन आउस शेमारु इन्टरटेनमेनटले इन्डियन मिडिया इन्टरटेनमेन्टकासाथ फिल्म निर्माणका लागि सहकार्य गरेको हो । 

सन् १९९० मा रिलिज भएको यो फिल्ममा अनिल र माधुरीको जोडी खुबै रुचाइएको थियो । फिल्ममा हेमा मालिनी पनि मुख्य भूमिकामा थिइन् । 

जमाइ राजा’ तेलुगु फिल्म ‘अट्टाकु यामुदु अम्मायीकी मोगुडु’ को हिन्दी रिमेक हो । फिल्मको कथा सासु र ज्वाइँमा आधारित थियो । तमिल फिल्ममा रजनीकान्तको मुख्य भूमिका थियो ।