विराटनगर । विराटनगरमा कारको ठक्करबाट १० दिनअघि घाइते भएकी एकजना वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
इटहरी–९ की ७० वर्षीया मिथिला पोखरेलको मृत्यु भएको हो। पैदल हिँडिरहेकी उनलाई गत वैशाख २८ गते बिहान विराटनगर –४ मा बागमती प्रदेश बी ए बी २२४६ नम्बरको कारले ठक्कर दिएको थियो।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको कारले ठक्कर दिँदा घाइते भएकी पोखरेललाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरियो। उपचारकै क्रममा शनिबार साँझ उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
कार चालक विराटनगर–४ का ५६ वर्षीय प्रभाकर देवकोटा उपचारमा संलग्न थिए। घाइतेको मृत्यु भएपछि देवकोटालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।