काठमाडौं । बिहीबार(आज) सुनको भाउ १ हजार रुपैयाँले घटेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १ हजार ३५७ रुपैयाँ तोकिएको छ।