इटहरीका सन्तोष सहित तीन जना लागुऔषध सहित पक्राउ

न्युजलय २८ मङ्सिर २०७८, मङ्गलबार १२:०२ मा प्रकाशित

 इटहरी । मोरङको छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित ३ जनालाई पक्राउ परेका छन् । 

भारतबाट नेपाल आउदै गर्दा सोमबार दिउँसो बिराटनगर–१६ हुलास चौक स्थितमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ईटहरी–४ का २२ बर्षिय सन्तोष भुजेलको साथबाट लुपिजेसिक ६ एम्पुल, डाईजापाम ८ एम्पुल, एभिल ९ एम्पुल र फेनारगन ९ एम्पुल सहित पक्राउ गरेको छ ।

यस्तै सोमबार राती बिराटनगर –१७ मटेरुवाचोक स्थितमा धरान–१४ का ३२ बर्षिय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुल र एभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

त्यसैगरी हिजो साँझ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलिले बिशेष सुचनाको आधारमा सुन्दरहरैचा नगरपालिका–५ बलिया बाट मोटरसाईकलमा सवार रहेका केराबारी गाँउपालिका–६ का २१ बर्षिय सागर तमाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, डाईजेल्याब ८ एम्पुल, डाईजेपाम ८ एम्पुल र एभिल ८ एम्पुल सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरु बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।