रौतहटमा भारतीय कार दुर्घटना हुँदा चार जनाको मृत्यु

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०९:०७ मा प्रकाशित

जनकपुरधाम । रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिकै शनिबार राति कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ ।


चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको यूके १२ सी २९०० नम्बरको कार शनिबार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो । कार अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ ।


घटना लगत्तै प्रहरी पुगेर उद्धार गर्दागर्दै कारमा सबार चार जनाको मृत्यू भएको रौतहटका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए । उनका अनुसार मृतकहरुको पहिचान खुल्न सकेका छैन । यद्दपी उनीहरु भारतीय नागरिक रहेका बुझिएको छ ।


मृतक चारै जनाको शव पोष्टमार्टमका लागि गौर अस्पतालमा राखिएको छ । दुर्घटनामा परेको कार क्षतविक्षत अवस्थामा छ ।