अब विक्की अग्रवालले निर्देशन गर्ने ‘कमेडी क्लब विथ च्याम्पियन्स’

न्युजलय २० भदौ २०७९, सोमबार ११:५४ मा प्रकाशित

काठमाडौं । कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ अब विक्की अग्रवालले निर्देशन गर्ने भएका छन् ।

 ‘कमेडी क्लब विथ च्याम्पियन्स’ को टिमले आइतबार सफलताको सेलिब्रेशन गर्न आयोजना गरिएको शो कार्यक्रममा यो जानकारी दिइएको हो ।

पहिलेको १० भागसम्म विक्कीले नै निर्देशन गरेको शो को बाँकी भाग विशालले अगाडि बढाएका थिए । शो प्रसारणको २६ भाग पुगेको अवसरमा केक समेट काटिएको थियो । 

कार्यक्रममा शोका निर्देशक विशाल भण्डारीले सुरुवातमा कार्यक्रमलाई अगाडि बढाउन केही गाह्रो भएपनि अहिले दर्शकको माया पाउँदा खुशी लागेको बताए । 

सुरुवातमा युट्युबमै भ्युज नपाउँदा समस्या भएपनि अहिले हरेक शो १० लाख भन्दा बढीले युट्युबमा हेरेको भन्दै उनले नयाँ नयाँ सोचका साथ शोलाई अगाडि बढाउने बताए ।

कि एड्भटाइजिङ र थर्ड आई प्रोडक्शनसँग मिलेर यो शो निर्माण गरेको हो । यो शो आउँदो बर्षको असार मसान्तसम्म चल्नेछ ।