पल शाह प्रकरणमा भरतमणिले गरे व्यङ्ग्य

न्युजलय १० चैत २०७८, बिहिबार १०:१० मा प्रकाशित

काठमाण्डौ । अभिनेता पल शाहविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत तनहुँमा बहस भइरहेको छ ।

प्रेमको बहाना गरेर बलात्कार गरेको भन्दै नाबालिग गायिकाको परिवारले उनीविरुद्ध ११ फागुनमा तनहुँ प्रहरीमा उजुरी दिएका थिए ।

मुद्दा दायर भएपछि जिल्ला अदालतमा उनले बयान दिएका थिए । बयानमा बोलेको कुरालाई लिएर कमेडियन भरतमणि पौडेल व्यङ्ग्य गर्दै पोस्ट गरेका छन् । 

पलले बयानमा होटलमा बस्दा कमल खत्रीसँग सँगै सुतेको उल्लेख गरेका थिए । साथै उनले त्यतिबेला ती गायिकाले महिनावारी रोकिएको भन्दै म्यासेज पठाएको उल्लेख गरेका थिए ।

उक्त कुरालाई व्यङ्ग्य गर्दै भरतले ‘दाइ तपाईंसँग सुत्नै डर मर्दो भोत ? उनले कमल खत्रीलाई ट्याग गर्दै लेखेका छन् ,कहिलेकाहीँ कार्यक्रममा सँगै परिन्छ, ठाउँ एड्जस्ट गर्नु पर्ला अनि ....’ लेखेका छन् । 

उक्त पोस्टपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना गरेका छन् ।

पलविरुद्धको मुद्दामा थुनछेक बहस जारी छ । थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने आदेश आउने छ ।