सस्तोमा आइफोन दिने भन्दै ठगी गर्ने युवक पक्राउ

न्युजलय २६ चैत २०७९, आइतबार ०८:१५ मा प्रकाशित

काठमाडौं । नक्कली विज्ञापन राखेर ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

हाम्रो बजार डटकम नामक अनलाइनमा आइफोन १४ प्रोम्याक्स मोवाइल सस्तोमा दिने भन्दै विज्ञापन राखेको र मोवाइल किन्न सम्पर्कमा आएका व्यक्तिसँग रकम लिएर सम्पर्कविहीन भएको आरोपमा हुम्ला घर भई भक्तपुर बस्ने उपेन्द्र शाही पक्राउ परेका हुन् । 

उनले मोवाइल किन्न सम्पर्कमा आएका व्यक्तिसँग मोवाइलको मूल्य, डेलिभरी चार्ज र कुरियर चार्जजस्ता विभिन्न प्रयोजनमा रकम लाग्छ भनेर बैंक खाता, ईसेवा तथा खल्ती वालेटबाट रकम पठाउन लगाएको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनलाई ठगीसम्बन्धी कसूरमा अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।