इटहरी १८ नं. वडा कार्यालयको भवन शिलान्यास

न्युजलय ३० चैत २०७९, बिहिबार ०९:३४ मा प्रकाशित

इटहरी । इटहरी वडा नं. १८ को वडा कार्यालय भवन शिलान्यास गरिएको छ । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले भवनको शिलान्यास गरेका हुन् ।

सेवाग्राहीहरुलाई सहज रुपले सेवा प्रदान गर्नको लागि आफ्नै सुविधासम्पन्न भवन बनाउन लागिएको मेयर पौडेलले जानकारी दिएका छन् । उनले निर्धारित समयमै निर्माण कार्य सक्न र भवन संहिताको पूर्ण पालना गरी निर्माण गर्नसमेत कम्पनीलाई निर्देशन दिए । स्थानीय समुदायलाईसमेत निगरानी र समन्वय गर्न आग्रह गरेका छन् ।

दुई तले उक्त भवन २०८० चैत्र भित्र सम्पन्न गर्ने योजना रहेको इटहरी उपमहानगरपालिका वडा न १८ का अध्यक्ष रामकुमार चौधरीले बताएका छन् ।