धरानबाट लागूऔषधसहित दुई जना पक्राउ

न्युजलय १२ फाल्गुण २०८२, मङ्गलबार ०१:०४ मा प्रकाशित

सुनसरी ।  प्रहरीले धरान उपमहानगरपालिका –८ तिनकुनेबाट लागूऔषध बरामद गरेको छ । 

प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा इटहरीबाट धरान तर्फ जाँदै गरेको प्र १–०२–०५५ प ११३२ नम्बरको मोटरसाइकलमा लागू औषध बरामद गरेको हो ।

मोटरसाइकल सवार चालक मोरङको सुन्दरहरैचा नगरपालिका –४ का २१ वर्षीय सिजन अधिकारी र पछाडि सवार तेह्रथुम फेदाप गाउँपालिका –३ का २० वर्षीय नविन कँडेलको साथबाट लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार नवीन कँडेलको साथबाट लागू औषध ट्रामाडोल ५९०  क्याप्सुल र डिकोलिक  ५९०  ट्याब्लेट  फेला परेकाले दुबै जनालाई लागू औषध र मोटरसाइकल सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धरानमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको छ ।