ऋतिकको ‘विक्रम वेधा’ र मणिको ‘पोन्नियन सेल्वन १’ एकैदिन प्रदर्शनमा आउँदै

न्युजलय १० असोज २०७९, सोमबार ०७:३० मा प्रकाशित

काठमाडौं । आगामी ३० सेप्टेम्बरमा ऋतिक रोशन र सैफ अलि खानको चलचित्र ‘विक्रम वेधा’ हलमा आउँदैछ । 

 

सोही दिन मणि रत्नमका ड्रिम प्रोजेक्ट ‘पोन्नियन सेल्वन १’ पनि थिएटर्समा आउँदैछ । दुवै चलचित्र हेर्नका लागि अग्रीम टिकट बुकिङ शुरू भइसकेको छ। 


शनिबारदेखि नै दुवै चलचित्रले बक्स अफिसका लागि माहोल तताउन थालेका छन् । 

 

विक्रम, ऐश्वर्या, कार्थी, जयम रवि लगायतको अभिनय ‘पोन्नियन सेल्वन’मा छ । 


चोल साम्राज्यमा आधारित मणि रत्नका यो चलचित्र र ऋतिकको विक्रम वेधाले निकै नै ठूलो प्रतिश्पर्धा गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।