काठमाडौँ । बुधबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको भाउ ९ सय रुपैयाँले बढेर १ लाख ६३ हजार रुपैयाँ पुगेको हो ।
यता, चाँदीको भाउ भने घटेको महासङ्घले जनाएको छ । मङ्गलबार १ हजार ९ सय ५५ रुपैयाँ रहेको चाँदीको भाउ बुधबार घटेर १ हजार ९ सय ५० रुपैयाँमा झरेको हो ।