भोटेकोशी बाढीमा कोशी प्रदेशका १ सय ५९ जना सम्पर्कविहीन

न्युजलय १६ भदौ २०८३, मङ्गलबार ०२:०४ मा प्रकाशित

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि कोशी प्रदेशका १ सय ५९ जना अझै सम्पर्कविहीन छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीमा परेर सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै सोलुखुम्बुका ४२ जना छन् । त्यसपछि ओखलढुंगाका २५, मोरङका १७, सुनसरी र उदयपुरका १६–१६ तथा झापाका १३ जना छन् । 

त्यस्तै खोटाङका १०, इलामका ९, संखुवासभा र भोजपुरका ३–३, ताप्लेजुङ र धनकुटाका २–२ तथा पाँचथरका १ जना सम्पर्कविहीन रहेका छन् । 

बाढी प्रभावित क्षेत्रमा रहेका कोशीका ५ जना उद्धारपछि परिवारको सम्पर्कमा आएका छन् भने २७ जनाको उपचार भइरहेको छ । इलामका एक जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपछि सम्पर्कविहीन हुनेमा रसुवामा रोजगारी, पर्यटन, ट्रेकिङ तथा जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिहरू छन् ।