काठमाडौँ । सरकारले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यसअघि नयाँ शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु हुने गरेको थियो।