इटहरीबाट सात जना जुवाडे पक्राउ

न्युजलय १३ बैशाख २०८०, बुधबार ११:५५ मा प्रकाशित

इटहरी । इटहरी–२ पशुपति चोकस्थित केदर श्रेष्ठको घरमा जुवा खेलिरहेका सात जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इटहरी –२ का ३४ वर्षीय दिपक थापासहित ७ जना रहेका प्रहरीले जनाएको छ ।

जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलवार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार उनीहरुको साथबाट २५ हजार नगद र ६ बुक तास बरामद भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।