काठमाडौँ । आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।
शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० र चाँदी दुई सय ९० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मूल्य छ हजार ४८० कायम भएको छ ।