काठमाण्डौ । नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत युटयुब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।
दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्रको ‘दर्शन सलाम’ बोलको गीत सार्वजनिक भएको दुई दिनमै ट्रेन्डिङ वानमा आउन सफल भएको हो ।
गीतको भिडियोले बिहीवार बिहानसम्म १२ लाख ५० हजार प्लस भ्युज पाइसकेको छ । डेभिड शंकर र सहिमा श्रेष्ठले स्वर दिएको यो गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत र उदयराज पौडेलको एरेन्ज छ ।
कविराज गहतराजको कोरियोग्राफीमा तयार भिडियोमा स्वस्तिमा खड्काका साथमा चलचित्रका मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, राज आचार्य, केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा लगायतलाई समेत प्रस्तुत गरिएको छ ।
हेमराज बिसीको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा ४’ फागुनको १९ गतेबाट प्रदर्शनमा आउँदैछ ।