झापामा भाइको ड्राइभिङ लाइसेन्सको ट्रायल दिन गएका दाइ पक्राउ

न्युजलय ८ पुस २०७८, बिहिबार १२:२९ मा प्रकाशित

झापा । झापामा भाइको बाइकको लाइसेन्सको ट्रायल दिन गएको आरोपमा दाइलाई प्रहरीले पक्राउ गरेको छ। 

बिहीबार(आज) बिहान विर्तामोडस्थित कान्तिपुर ड्राइभिङ सेन्टरबाट दमक–६ बस्ने ३७ वर्षीय हरि श्रेष्ठलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।

उनी आफ्ना २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको बाइकको ड्राइभिङ लाइसेन्सको लागि ट्रायल दिन आएका थिए।  उनीमाथि यातायात व्यवस्था ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। 

प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।