काठमाडौं । विवाह गरेको एक वर्ष बिते पनि अभिनेता कार्मले गुपचुप राखिरहेका थिए । तर उनको विवाहको तस्वीर बाहिरिएको छ ।
तस्वीरमा बेहुलीमा एनी सोफीलाई पनि देख्न सकिन्छ । कार्म र एनीले सीमित पाहुनाको उपस्थितिमा विवाह गरेका थिए ।कोरोनाका कारण रोकिएको भनिएको उनको बिहे रिसेप्सन शनिबार हुँदैछ ।
उनीहरु निकट कलाकार, निर्माता र आफन्तलाई बोलाइएको यो भोजलाई परम्परागत नेवारी भोज भनिएको छ । कार्म एनीसँग केही वर्षदेखि रिलेसनसिपमा थिए ।
एनी रक गायिका समेत हुन् । उनले केही नेपाली क्लब र कार्यक्रममा यसअघि सांगीतिक प्रस्तुत समेत दिएकी छन् । उनी फ्रान्सकी रहेको बताइएको छ ।