बढ्यो सुनचाँदीको मूल्य

न्युजलय १६ माघ २०८०, मङ्गलबार ११:३० मा प्रकाशित

काठमाडौँ । मंगलबार(आज)  सुनचाँदीको मूल्य बढेको छ।

सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।