सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विधार्थीहरुलाई वडाले गर्यो सम्मान

बाबुराम कार्की २५ असार २०८०, सोमबार १०:३१ मा प्रकाशित

बराहक्षेत्र । सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विधार्थीहरु लाई नगदसहित सम्मान गरिएको छ । बराहक्षेत्र वार्ड नंं. ३ कार्यालयले विद्यार्थीहरुलाई सम्मान गरेको हो । 

वडा कार्यालयले वाडा क्षेत्रभित्र रहेका समुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट अङ्क ल्याउने ४ जना विद्यार्थीलाई नगदसहित आइतवार सम्मान गरिएको छ । एसईईमा उत्तीर्ण गरेका सबै विद्यार्थीलाई सम्मान गरेको हो ।

सम्मानित हुने हरुमा जनता माविबाट तिर्थ कुमारी कार्की, असोक खत्री रहेका छन् । त्यस्तै महेन्द्र माविबाट अनन्त घिमिरे र सम्झना राई रहेका छन् । उत्तीर्ण सबै विधार्थीलाई वार्ड अध्यक्ष राजदिप लामा तामाङ्गले खादा, माला लगाएर सम्मान गरेका छन् । 

अध्यक्ष तामाङ्गले विधार्थीहरु लाई शुभकामना दिँदै भने ‘उच्च शिक्षा अध्यायनमा सफलता प्राप्त गर्नु होस् । सफलता सँगै घर परिवार, आफन्त, वार्ड र नगर क्षेत्रकै नाम उच्च राख्न तपाईंहरुलाई सफलता मिलोस् ।’ 

सामुदायिक विद्यालयहरुमा विधार्थीको आकर्षण वढाउने उद्देश्यले विद्यार्थीहरु लाई सम्मान गरेको ३ नम्वर वडा कार्यालयले जानाएको छ । वडाको एक मात्र प्लसटु  महेन्द्र माविमा पढ्न चाहाने १२ जान विपन्न, अति गरिव र जेनदार विद्यार्थीलाई वडाले एक वर्षको मासिक शुल्क निःशुल्क गरिदिने भएको वडाध्याक्ष राजदिप लामाले बताए ।

वाड क्षेत्र भित्र रहेको महेन्द्र माविलाई प्लसटु सञ्चालनमा सहयोग पु¥याउन १ लाख १ हजार को अक्षयकोष स्थापनाको लागि रकम वडाले दिने घोषणा गरेको छ । अध्यक्ष लामाले वडा बासी शिक्षित भए मात्रै समग्र वडाको विका हुने छ । सबै वडा बासीले आफनो तह बाट शिक्षाको विकासमा लागनु पर्नेमा जोड दिए ।

‘सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वशनीयता घटदै गहिरहेको अवस्थामा वडा कार्यालयले विद्यार्थी लाई सम्मान गरेर राम्रो काम गरेको स्थानी शिक्षक मनोज विष्टले वताए ।  सामुदायिक स्कुलहरुमा शिक्षासेवा आयोग पासगरेर आएका शिक्षकहरु हुन्छन् । समुदायले नै सामुदायिक विद्यालयको निगरानी बढाउन आवश्यक भइसकेको उनले बताए  ।  

बराहक्षेत्र वाड नं.३ मा महेन्द्र मावि र जनता मावि सहित दुईवटा आधारभूत तहका विद्यालय रहेका छन् । संस्थागत तीनवटा विद्यालयमा मावि तह सम्मको पढाइ हँुदै आएको छ ।  कार्यक्रममा जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेता, स्थानीय समाजसेवी, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।