इटहरी । इटहरी विद्युतीय व्यवसायी सङ्घको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशनबाट सिबु दाहालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । संघमा पहिलो पटक महिला नेतृत्व आएको हो ।
कार्यसमितिको उपाध्यक्षमा गङ्गा कार्की पौडेल, सचिव माखगेन्द्र खतिवडा, कोषाध्यक्षमा शितल धिताल, सदस्यहरूमा सुजन राजधानी, सुमन पराजुली, सबिता बस्नेत राई र हेमन्त पौडेल चयन भएका छन् ।
विद्युतीय व्यवसायीहरूको हक–हितको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको उक्त संस्थाको अधिवेशन संस्थाका अध्यक्ष दिपेन्द्र रिजालको अध्यक्षता तथा महासङ्घका केन्द्रीय अध्यक्ष दिलीप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा महासङ्घका केन्द्रीय सल्लाहकार तथा इटहरी विद्युतीय व्यवसायी सङ्घका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद धिताल, महासङ्घका कोशी प्रदेश संयोजक चन्द्रमणि देवकोटा, पूर्व अध्यक्षहरू विष्णुप्रसाद शर्मा पौडेल र पुरुषोत्तम दाहाल विभिन्न जिल्ला तथा नगरका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष ढुण्डिराज गुरागाईंले गरेका थिए ।