सुनको भाउमा गिरावट

न्युजलय २१ चैत २०८१, शुक्रबार ११:२० मा प्रकाशित

काठमाडौं । शुक्रवार सुनको मूल्यमा भारी गिरावट आएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  शुक्रवार  सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले घटेको हो । शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४००  रुपैयाँ कायम भएको छ। 

यस्तै, आज चाँदीको मूल्य १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार शुक्रवार १ हजार ८७० कायम भएको हो ।