प्रधानमन्त्री कपः प्रदेश १ सेमिफाइनलमा प्रवेश

न्युजलय १० पुस २०७८, शनिवार ०७:०९ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ फाइनलमा प्रवेश गरेको छ ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा शनिबार(आज) भएको पहिलो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश १ सेमिफाइनलमा पुगेको हो ।

सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश १ ले १६ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

प्रदेश १ का लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ३१ रन जोडिन भने काजल श्रेष्ठले २८ रनको बनाइन् ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर ८५ रन जोडेको थियो ।