कोशी नामकरण विरोध, पक्राउ पर्नेको सङ्ख्या ३० पुग्यो

न्युजलय १४ जेठ २०८०, आइतबार १०:५४ मा प्रकाशित

विराटनगर । कोशी नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले उनलाई विराटनगरको देवकोटा चौकमा रहेको एक होटेलमा चिया खाएर बाहिर निस्किएपछि उनलाई पक्राउ गरेको हो ।

राई पक्राउ परेसँगे पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि यसअघि बिहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उता, पहिचानवादीहरूले पनि प्रदेशसभाको बजेट अधिवेशनलाई लक्षित गर्दै आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार विराटनगरमा युवा दस्ता निर्माणको घोषणा गरेका पहिचानवादीहरूले कोशी नाम खारेजको माग गर्दै शनिबार महेन्द्र चोकमा प्रदर्शन गरेका थिए । आज उनीहरुले वृहत् र फरक तरिकाले आन्दोलन गर्ने जनाएका छन् ।

सो आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।