काठमाडौें । इजरायलमा प्यालेस्टाइनी संगठन हमासको आक्रमणबाट निधन भएका ४ जना नेपालीको शव नेपाल ल्याइँदै छ ।
आइतबार बिहान ९ बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा शवहरू आइपुग्ने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
एनपी साउद र इजरायली राजदूत विमानस्थल पनि विमानस्थल जाने कार्यतालिका छ । साथै, शवहरू आइतवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत् कैलाली सदरमुकाम धनगढी लैजाने तयारी रहेको सचिवालयले जनाएको छ ।
हमासको आक्रमणबाट गत हप्ता १० जना नेपालीको निधन भएको थियो ।