सुनको मूल्य बढ्यो

न्युजलय ११ बैशाख २०८२, बिहिबार ११:१० मा प्रकाशित

काठमाडौं । सुनको मूल्य सामान्य वृद्धि भएको छ। अघिल्लो दिन बुधबार ७ हजार ५ सय रुपैयाँले घटेको सुन आज २ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ सय रुपैयाँले बढेर एक तोला  सुनको मूल्य १ लाख ९० हजार ६०० सय रुपैयाँ कायम भएको छ।सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ।

प्रतितोला चाँदी २ हजार  १० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।