बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार ०८:२८ मा प्रकाशित

झापा । झापामा बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका ६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५÷४० वर्षीय चन्द्रबहादुर राई रहेको प्रहरीले जानकारी दिएको छ । 

कनकाई–७ दुर्गापुरस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाइकल बुधबार राति एकापसमा ठक्कर खाएको उनले बताए । दुर्घटनाबाट गम्भीर घाइते उनीहरुलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकामा उनीहरुको उपचारकै क्रममा मृत्यु भएको थियो । 

मोरसाइकल, बस र चालक इलाम चुलाचुली गाउँपालिका–२ का ३१ वर्षीय सरोज ढकाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।