२१ महिने बालीका हत्या गर्ने दुई जना पक्राउ

न्युजलय ७ पुस २०७८, बुधबार ०८:३७ मा प्रकाशित

मोरङ । मोरङको रङ्गेली नगरपालिका २ का चन्द्र उराउको २१ महिनाकि छोरी युनिसा उराउको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रङ्गेली नगरपालिका २ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीय सङ्गीता उराउ रहेका छन्।


गत मङ्सिर २६ गते २१ महिनाकी युनिसा उराउ घरबाटै हराई बेपत्ता भएकी थिइन् । खोज तलासको क्रममा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले युनिसाको लास घर नजिकै पैनीमा गाडेको अवस्थामा मङ्सिर २८ गते फेला परेको थियो।


पक्राउ परेका दुवै जनालाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।