सुनचाँदीको भाउ बढ्यो

न्युजलय ७ जेठ २०८०, आइतबार ०४:४६ मा प्रकाशित

 काठमाण्डौ । आइतबार (आज) सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदी १५ रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा एक लाख १० हजार रुपैयाँ पुगेको छ  ।

यस्तै, दुई दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।