माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा तीन जनाको उमेदवारी

न्युजलय ७ पुस २०७८, बुधबार ०७:०६ मा प्रकाशित

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा तीन जनाले उमेदवारी दिएका छन् ।


निर्वाचन समितिकाअनुसार अध्यक्षमा मुकसाहाङ मेन्याङ्बो, हर्कबहादुर नेम्वाङ र कुबेर श्रेष्ठको मनोनयन दर्ता भएको छ ।

 

तीन उपाध्यक्ष पदका लागि १२ जनाको उमेदवारी परेको छ । यसैगरी एक सचिवका लागि ३, तीन सहसचिवका लागि १४ र एक कोषाध्यक्षमा तीन जनाको मनोनयन परेको निर्वाचन समितिले जानकारी दिएको छ ।

 

अध्यक्षसहित पदाधिकारीको चयन गर्न आज साँझबाट मतदान गर्ने तयारी भएको छ ।