काठमाडौँ । बुधबार(आज) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्यमा प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।