इटहरी । इटहरी उपमहानगरपालिकाले १७ करोड बढी लागतमा वृहत जातिय संग्राहलय निर्माण निर्माण गर्ने भएको छ । वडा नम्बर १० मा ल्याण्ड फिल्ड साइडको दक्षिणमा १७ करोड १५ लाख लागतमा वृहत जातिय संग्राहलय निर्माण निर्माण गरिने भएको हो ।
उक्त संग्राहलयको शुक्रबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले संयुक्त रुपमा सिलन्यास गरेका छन् । इटहरीका नगरप्रमुख द्धारिकालाल चौधरीले इटहरीको पहिचानका लागि समेत यो संग्राहलय निर्माण गरिएको बताए । इटहरीमा रहेको थारु समुदायको पहिचान संरक्षण गर्न यो संग्राहलय महत्वपुर्ण हुने नगरप्र चौधरीले बताए ।
यस्तै, प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले यो संग्राहलय प्रदेशकै नमुना संग्राहलय बन्ने बताए । थारु आदिवासी जनजाती वाहुल्यता रहेको इटहरीमा निर्माण हुन लागेको संग्राहलयले यस क्षेत्रको जातिय संस्कृतीको जगेर्णा गर्ने समेत बताएका छन् । उनले वहुवर्षे योजना अन्तर्गत निर्माण हुने यो संग्राहलय आगामी चुनावपछि आउने सरकारले पनि निरन्तरता दिने भन्दै विचमै रोकिन्छ कि भनेर आसंक नगर्न समेत आग्रह गरे ।
गत मंसिर १६ गते ठक्का सम्झौता भएको बहुजाती संग्राहलय निर्माण २०८० असार २५ गते निर्माण सम्पन्न हुने उपमहानगरपालिकाले जानकारी दिएको छ ।