काठमाडौँ । बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
सुनको प्रतितोला ६ सय रुपैयाँले बढ्दा चाँदी पनि तोलामा १० रुपैयाँ महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ३८ हजार २ सय र तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदी १ हजार ९ सय ३० रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।