सुनको मुल्य बढ्यो

न्युजलय ७ माघ २०८२, मङ्गलबार ११:०८ मा प्रकाशित

काठमाडौं । आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको तोलाको २७  सयले बढेर तोलाको २ लाख ८४ हजार ७ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर तोलाको ५८८० रुपैयाँमा कारोबार भइरहेको छ ।