इटहरी । भोजपुरमा ८ वर्षअघि पत्नीको हत्या गरेर फरार भएका अभियुक्त नारदमणि राईलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ।
भोजपुर–६ देउरालीका ६३ वर्षीय राईले २०७४ साउन १९ गते राति घरायसी विवादका क्रममा पत्नी अम्बिका श्रेष्ठ को कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेलगत्तै उनी गाउँबाट फरार भएका थिए । त्यसयता लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए।
प्रहरी अनुसार राई मोरङको बेलबारी–३ मा छत्रबहादुर गुरुङको घरमा डेरा लिएर सामान्य नागरिक झैँ बस्दै आएका थिए।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले उनलाई कोठा नजिकैबाट नियन्त्रणमा लिएको हो।