कोकाहा खोलाबाट पानी ल्याएपछि भावुक भए धरानका मेयर हर्क

न्युजलय ३० जेठ २०८०, मङ्गलबार १२:०० मा प्रकाशित

धरान ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानवासीको खानेपानी सपना पूरा गरेका छन्। 

उनले कोकाहा खोलाको पानी ल्याउन सफल भएका हुन्। गत वैशाखमा भएको निर्वाचनमा उनी मेयरमा निर्वाचति भएका थिए। उनले एक वर्षमा धरानवासीलाई पानी दिलाउन सफल भएका हुन्। 

पानी ल्याएको क्षण उनी धेरै भावुक देखिए। आँखाभरि आँशु बनाउँदै उनी पानीको फोहोरा हेर्दै केहीबेर टोलाएका थिए। 

धरानमा पानी नलिई फर्किन्नँ भने अभियानै चलाएका उनले सोमबार राति श्रम अभियानअन्तर्गत कोकाहाको पानी धरानको पकुवा खोलामा झार्न सफल भएका हुन् । करिब ४३ किलोमिटर पाइपको दूरी पार गरेर पकुवामा कोकाहाको पानी खसाइएको हो। 

पकुवामा खानेपानी आइपुगेपछि राति नै हर्क त्यहीँ पुगेका पुगेका थिए। कोकाहाको पानी पकुवा खोलामा खस्न थालेपछि साम्पाङ भावविह्वल भएका थिए।