विराटनगर । विराटनगरको तुलसी सहकारीका सञ्चालक बचतकर्ताको करोडौँ रकम लिएर फरार भएका छन् । विराटनगर–३ विराट नर्सिङ्ग होम छेउमा रहेको उक्त सहकारीले आफुहरुलाई ठगि गरेको सदस्यहरुको गुनासो छ ।
लामो समय देखि बचत गरेपनि रकम लिन जाँदा सहकारीका संचालक भाका राख्दै सम्पर्कविहिन हुँदे आएकोमा अहिले भने भागेको बताइएको छ ।
बचतकर्ताले १० हजारदेखि २५ लाख रुपैयाँसम्म रकम जम्मा गरेका थिए ।