फिल्म ‘डिसेम्बर फल्स’ को गीत ‘फकाउनै जानिन’ मा रोमान्टिक आर्यन र उपासना (भिडियोसहित)

न्युजलय १३ मङ्सिर २०७९, मङ्गलबार १०:३२ मा प्रकाशित

काठमाडौं ।  फिल्म ‘डिसेम्बर फल्स’ को नयाँ गीत ‘फकाउनै जानिँन‘’ सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द तथा संगीतको उक्त गीतमा निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ । भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको उक्त गीतमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री उपासना सिंह ठकुरीलाई प्र्रस्तुत गरिएको छ ।

निर्देशक प्रविण झाद्वारा निर्देशित तथा महेश आर गुप्ताद्वारा छायांकन गरिएको यो फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् ।

फिल्ममा आर्यन र उपासनासंगै सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय छ । पुस १५ गतेदेखि प्रदर्शनमा आउने छ ।