सङ्खुवासभाबाट लागूऔषधसहित एकजना पक्राउ

न्युजलय २२ चैत २०७९, बुधबार ०३:१५ मा प्रकाशित

विराटनगर । सङ्खुवासभाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । 

सङ्खुवासभाको खाँदबारी नगरपालिका–२ माथिलो चेवा बस्ने ६७ वर्षीय गोपाल भट्टराईलाई अवैध लागूऔषध अफिम जस्तो देखिने वस्तु २७ ग्राम ६८ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।