इटहरी । इटहरी भाषा साहित्य कला सृजना परिषदले इटहरीका ७ जना श्रष्टा, कलाकारहरुलाई सम्मान गरेको छ । इटहरी उपमहानगरपालिकाले गठन गरेको परिषद्ले विभिन्न क्षेत्रमा विशेष योगदान दिएको भन्दै ७ जनालाई सम्मान गरेको हो ।
इटहरीमा आयोजित दुई दिने सृजना उत्सवको अवसरमा सम्मानित हुनेहरुमा भाषा, साहित्यको तर्फबाट बद्रीविशाल पोख्रेल, कविताको क्षेत्रमा मनु मन्जिल, संगीतको क्षेत्रबाट लालसिंह सुब्बा, नृत्यतर्फ होम घिसिङ, चलचित्रतर्फ नवल नेपाल र कलातर्फ विक्रम । उनीहरुलाई नगद जनही ११ हजार रुपैयासमेत प्रदान गरिएको थियो ।
साहित्यकार, गायक गणेश रसिकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले सम्बोधन गरेकी थिइन् । उनले कला, साहित्यको विकासमा इटहरी उपमहानगरपालिका सधैं चिन्तनशील रहेको बताइन् ।
दुई दिन चलेको उत्सवमा विभिन्न कलाकारहरुले कला प्रदर्शन गरेका थिए । कार्यक्रमले सर्जक, साहित्यकार, कलाकारहरुलाई उत्साहित बनाएको परिषद्का संयोजक कृष्णविनोद लम्सालले बताए ।