प्रदेश १ मा आज थप ४२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार ०७:१० मा प्रकाशित

इटहरी । प्रदेश १ मा आज थप ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।


५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १६, झापामा ९, सुनसरीमा २ र प्रदेश १ बाहिरका १० जनामा सङ्क्रमण देखिएको हो ।

 

प्रदेश १ मा आज २८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६ महिला र १२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।