काठमाडौं । बुधबार (आज)सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य मंगलबारको तुलनामा तोलामा ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।