इटहरी । चलचित्र महापुरुषको प्रिमियर शो इटहरीमा गरिएको छ । सोमबार काठमाडौमा प्रिमियर पछि बुधबार इटहरीमा विभिन्न क्षेत्रका मानिसहरुको सहभागितामा प्रदर्शन गरिएको हो ।
इटहरीस्थित इलाइट सिनेमा हलमा प्रदर्शन गरिएको फिल्मलाई दर्शकहरुले रुचाएका छन् । हेर्नेहरुले उत्कृष्ठ लागेको प्रतिक्रिया दिएका छन् । फिल्म अवधिभर हुटिङ र हासोले हल भरिएको थियो ।
अधिकांश समय हँसाउने फिल्मका केही दृश्यले भने दर्शकहरुलाई रुवाउने गर्छ । एकल पुरुषको प्रेम र प्रेमपछिको विवाहको कथामा चलचित्र आधारित रहेको छ ।
प्रिमियर कार्यक्रममा फिल्मका निर्देशक प्रदीप भट्टराई, कलाकारहरु रविन्द्रसिंह बानियाँ, नायक अरुण क्षेत्री, नायिका अञ्जना बराइलीलगायतको उपस्थिती रहेको थियो । उनीहरुले समाजको घटनालाई फिल्ममार्फत् प्रस्तुत गरिएको र प्रिमियरमा सहभागि दर्शकहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको बताएका छन् ।
‘महापुरुष’ कात्तिक ११ गते अर्थात् भाइटीकाको भोलिपल्ट रिलिज हुँदैछ ।