२०७८ साल कार्तिक ७ गते अाईतबार

विराटनगरमा द फेस्टिभल फेसन रन्वे शो हुने

न्युजलय १९ असोज २०७८, मङ्गलबार १०:२२ मा प्रकाशित

 विराटनगर । विराटनगरमा द फेस्टिभल फेसन रन्वे शो हुने भएको छ।

पहिलो अडिशन असोज २३ गते बिराटनगरमा हुनेछ भने कार्यक्रम कर्तिक १३ गते हुनेछ । आवर प्रोडक्सन कम्पनि र अलिमिन फेशनको सम्युक्त आयोजनामा उक्त द फेस्टिभल फेसन शोको आयोजना हुने भएको हो।

स्वदेशमै उत्पादन भएका बिभिन्न स्वदेशी उत्पादन तथा स्वदेशी कपडाको बजार बिस्तार साथै सम्बर्धनका लागि यस कार्यक्रमको आयोजना हुन गइरहेको आयोजकले बताएको छ।

कार्यक्रममा मिस नेपाल देखि देशका चर्चित मोडेलहरुको साथमा स्थानिय मोडेलहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

स्थानिय मोडेलहरुको लागि राष्ट्रिय स्तरका कोरियोग्राफरहरु बाट तालिमको ब्यबस्था भएपनी तालिमको कुनै पनि शुल्क नलाग्ने समेत आयोजकले बताएको छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन राष्ट्रिय कलाकारहरुको साङ्गितिक प्रस्तुतिका साथमा स्थनिय कलाकारको प्रस्तुती रहने छ।